कीवर्डहरू -

नयाँ प्रविधि

एप्पल मेसेजमा च्याटजीपीटीको नयाँ सुविधा, अब आफैं सन्देश पठाउन सक्ने

काठमाडौं । ओपनएआईले च्याटजीपीटीका लागि नयाँ Apple Messages प्लगइन सार्वजनिक गरेको छ । यसमार्फत प्रयोगकर्ताले आफ्नो Apple Messages इनबक्सलाई च्याटजीपीटीसँग जोड्न सक्नेछन् ।

यो सुविधाको प्रयोग गरी प्रयोगकर्ताले आफ्ना सन्देश व्यवस्थित गर्ने, विश्लेषण गर्ने तथा सम्पादन गर्ने काम च्याटजीपीटीमार्फत गर्न सक्नेछन् । नयाँ प्लगइन Codex र ChatGPT Work मा समेत प्रयोग गर्न सकिनेछ । यसले व्यक्तिगत कुराकानीसँगै कार्यालय तथा व्यावसायिक कामका लागि पनि च्याटजीपीटीको प्रयोगलाई सहज बनाउने ओपनएआईले जनाएको छ ।

नयाँ Apple Messages प्लगइनमार्फत च्याटजीपीटीले प्रयोगकर्ताका लागि जवाफी सन्देश तयार गर्ने, सन्देश पठाउने वा मेटाउने तथा पुराना सन्देशमा आवश्यक जानकारी खोज्ने सुविधा दिनेछ ।

तर, यो सुविधासँगै प्रयोगकर्ताको गोपनीयताबारे प्रश्न समेत उठेको छ । ओपनएआईका अनुसार प्लगइन प्रयोगकर्ताको डिभाइसमा नै चल्नेछ र यसले सबै सन्देशको इन्डेक्स तयार गर्ने छैन ।

च्याटजीपीटीमार्फत सन्देश पठाउँदा प्रयोगकर्तालाई पठाउनुअघि सन्देश पुन: जाँच गर्न ओपनएआईले सुझाव दिएको छ । साथै, कम्पनीले Persistent Approval सुविधा प्रयोग नगर्न पनि आग्रह गरेको छ ।

ओपनएआईका अनुसार यस्तो स्वीकृति सक्रिय गर्दा च्याटजीपीटीले प्रयोगकर्ताको तर्फबाट सन्देश पठाउनुअघि अन्तिमपटक समीक्षा गर्ने अवसर हट्न सक्छ । त्यसैले महत्वपूर्ण वा संवेदनशील सन्देश पठाउँदा प्रयोगकर्ताले प्रत्येकपटक अन्तिम स्वीकृति दिने विकल्पलाई प्राथमिकता दिनुपर्ने कम्पनीको सुझाव छ ।

नयाँ प्रविधि

Mac प्रयोगकर्ताका लागि मेटाको छुट्टै डेस्कटप एप सार्वजनिक

काठमाडौं । मेटाले फेसबुक र इन्स्टाग्राम प्रयोग गर्ने व्यवसायी तथा कन्टेन्ट क्रिएटरलाई लक्षित गर्दै Meta AI को नया…

१३ देखि १७ वर्ष उमेर समूहका लागि सुरक्षित च्याट जिपिटी ल्याउँदै ओपनएआई, यस्ता हुनेछन् सुविधा

काठमाडौं । ओपनएआईले १३ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीलाई लक्षित गर्दै थप सुरक्षा सुविधासहितको ChatG…

इन्स्टाग्रामको कन्टेन्ट आफ्नो रुचिअनुसार कसरी मिलाउने ? यस्तो छ तरिका

काठमाडौं । इन्स्टाग्राम लोकप्रिय सामाजिक सञ्जाल तथा फोटो भिडियो साझेदारी गर्ने डिजिटल प्लेटफर्म हो । यसमार्फत प्…

ओपनएआईको एआई विकासमा ‘ब्रेक’, अब सुरक्षा र निगरानीमा जोड

काठमाडौं । च्याटजीपीटी निर्माता ओपनएआईले आफ्नो अत्याधुनिक एआई मोडलको प्रशिक्षण प्रक्रिया केही समयका लागि स्थगित…

स्पोटिफाइले ल्यायो ‘प्लेलिस्ट नोट्स’, अब गीत छनोट गर्नुको कारण पनि बताउन सकिने

काठमाडौं । संगीत स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाइले प्रयोगकर्तालाई आफ्नो प्लेलिस्टमा रहेका गीत, पोडकास्ट तथा अडियोबु…

अब युट्युबमा भिडियो सुरु हुना साथ भ्यु काउन्ट हुने

काठमाडौं । युट्युबले भिडियोको भ्यु गणना गर्ने प्रणालीमा परिवर्तन गर्ने भएको छ । नयाँ व्यवस्थाअनुसार प्रयोगकर्ताल…

अब एन्ड्रोइडमा पनि आईफोनजस्तै सेयरिङ सुविधा, ट्याप गरे पुग्ने

काठमाडौं । एन्ड्रोइड प्रयोगकर्ताले लामो समयदेखि माग गर्दै आएको ‘ट्याप टु सेयर’ सुविधा गुगलले केह…

इन्स्टाग्राममा पोस्ट सेड्युल कसरी गर्ने ? यस्तो छ सजिलो प्रक्रिया

काठमाडौं । इन्स्टाग्राम विश्वका लोकप्रिय सामाजिक सञ्जालमध्ये एक हो । यहाँ फोटो तथा भिडियो सेयर गर्नेदेखि विभिन्…

गुगलले ल्यायो नयाँ सुविधा : अब एआई फोटो भिडियोमा देखिने वाटरमार्क हटाउन सकिने

काठमाडौं । गुगलले एआईबाट तयार पारिएका तस्बिर तथा भिडियोमा देखिने वाटरमार्क हटाउन सकिने सुविधा ल्याउने भएक…

फेसबुकले ल्यायो एआईसहितको ‘क्रिएटर स्टुडियो’ एप, क्रिएटरलाई मिल्नेछन् यस्ता सुविधा

काठमाडौं । फेसबुकले कन्टेन्ट क्रिएटरका लागि एआईमा आधारित नयाँ ‘क्रिएटर स्टुडियो’ एप सार्वजनिक गर…

चीनका लागि एप्पलले बनायो छुट्टै एआई मोडल, अलिबाबासँग सहकार्य

काठमाडौं । एप्पलले चीनमा आफ्ना जेनेरेटिभ एआई सेवा सञ्चालन गर्न स्थानीय बजारलाई लक्षित गर्दै छुट्टै लार्ज ल्याङ्ग्व…

डीपसिकको नयाँ मोडलसँगै बढ्यो मूल्य, एपीआई शुल्क चार गुणासम्म महँगो

काठमाडौं । कम लागतमा एआई सेवा उपलब्ध गराउँदै चर्चामा आएको चिनियाँ कम्पनी डीपसिकले आफ्ना एपीआई सेवाको मूल्य …

ह्वाट्सएपमा आउँदैछ नयाँ एआई सुरक्षा फिचर, स्क्याम सन्देश आएलगत्तै दिनेछ चेतावनी

काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्तालाई अनलाइन ठगीबाट जोगाउन नयाँ ‘स्क्याम डिटेक्सन’ फिचर ल्याउने तय…

गुगलको एआई जेमिनी प्रयोग गर्नेको संख्या १ अर्ब पुग्यो

काठमाडौं । गुगलको एआई एप जेमिनीका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको छ । गुगलका सीईओ सुन्दर पिच…

१० वर्ष पुरानो डिजाइन हटाउँदै इन्स्टाग्रामले ल्यायो नयाँ वर्डमार्क

काठमाडौं । इन्स्टाग्रामले आफ्नो नयाँ वर्डमार्क सार्वजनिक गरेको छ । वर्डमार्क भनेको कम्पनी वा ब्रान्डको नामलाई अक्षर…