नयाँ प्रविधि
तीन वर्ष एक्सबाट टाढा रहेका जुकरबर्ग फेरि सक्रिय, किन फर्किए मस्कको प्लेटफर्ममा ?
काठमाडौं । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले करिब तीन वर्षको अन्तरालपछि एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल ‘एक्स’मा आफ्नो सक्रियता बढाएका छन् । सन् २०२६ मा पुन: पोस्ट गर्न थालेका जुकरबर्ग पछिल्लो समय एक्समा नियमित रूपमा देखिन थालेका हुन् ।
जुकरबर्गले एक्समा पुनरागमनको सुरुवात मेटाको एआई मोडल ‘म्युज स्पार्क १.१’ सम्बन्धी जानकारी सार्वजनिक गर्दै गरेका थिए । त्यसपछि उनले एआई र मेटाका गतिविधिसँग सम्बन्धित सामग्री एक्समा निरन्तर पोस्ट गर्दै आएका छन् ।
उनको पछिल्लो पोस्ट सेप्टेम्बर ९ मा आएको थियो । उक्त पोस्टमा उनले प्रयोगकर्ताका लक्ष्य बुझेर चौबीसै घण्टा काम गर्न सक्ने व्यक्तिगत एआई एजेन्ट ‘म्युज’बारे उल्लेख गरेका थिए ।
मेटाले नै सञ्चालन गरिरहेको सामाजिक सञ्जाल ‘थ्रेड्स’का साथै एक्समा पनि सक्रिय हुनुको कारणबारे सोधिएको प्रश्नमा जुकरबर्गले यसलाई व्यक्तिगत प्रचारभन्दा फरक उद्देश्यसँग जोडिएको बताएका छन् ।
एआई समुदायसँग जोडिन एक्स रोजेको दाबी
जुकरबर्गका अनुसार एआई, मेसिन लर्निङ र अनुसन्धान क्षेत्रमा सक्रिय धेरै इन्जिनियर तथा अनुसन्धानकर्ता अझै पनि एक्समा ठूलो संख्यामा सक्रिय छन् । त्यसैले त्यस्ता समुदायसम्म पुग्न एक्समा मेटाको संस्थागत उपस्थिति आवश्यक रहेको उनको तर्क छ ।
उनले सामाजिक सञ्जालमा एउटै प्लेटफर्ममा मात्र सीमित हुनुभन्दा विभिन्न प्लेटफर्ममा रहेका फरक–फरक समुदायसँग संवाद गर्नु उपयोगी हुने बताए । जुकरबर्गले सामाग्री प्रकाशनको उदाहरण दिँदै कुनै सामाग्री वा पोडकास्ट एउटा प्लेटफर्ममा तयार तथा प्रकाशित गरिए पनि त्यसलाई थप मानिससम्म पुर्याउन अन्य प्लेटफर्ममा समेत साझा गर्ने अभ्याससँग आफ्नो रणनीति तुलना गरेका छन् ।
उनका अनुसार थ्रेड्स र एक्समा एउटै सामाग्री पोस्ट गर्नुको उद्देश्य पनि यही हो । “फरक–फरक ठाउँमा फरक समुदाय छन् । एक्समा एआईसँग सम्बन्धित धेरै मानिसहरू छन्,” उनले भनेका छन् ।
थ्रेड्स र एक्स दुवैमा सक्रिय
मेटाको प्रत्यक्ष प्रतिस्पर्धी मानिने एक्समा जुकरबर्गको पुन: सक्रियतालाई सामाजिक सञ्जालबीचको प्रतिस्पर्धासँगै एआई क्षेत्रमा बढ्दो प्रतिस्पर्धाको सन्दर्भमा पनि हेरिएको छ ।
विशेष गरी एआई अनुसन्धानकर्ता र प्रविधि क्षेत्रका विज्ञहरू सक्रिय रहने प्लेटफर्ममा आफ्नो पहुँच कायम राख्न जुकरबर्गले एक्सलाई उपयोग गरिरहेका छन् । यससँगै उनी मेटाको आफ्नै प्लेटफर्म थ्रेड्समा पनि सक्रिय छन् ।
जुकरबर्गले आफू थ्रेड्स र एक्स दुवैमा एउटै सामग्री पोस्ट गर्ने गरेको स्पष्ट पार्दै फरक प्लेटफर्ममा रहेका समुदायसम्म पुग्नु नै यसको मुख्य कारण भएको बताएका छन् ।
नयाँ प्रविधि
च्याटजीपीटीको भर पर्दै हुनुहुन्छ ? फाइल अपलोड गर्दा यस्तो गल्ती नगर्नुस्
काठमाडौं । एआई उपकरणको प्रयोग बढेसँगै च्याटजीपीटीमा विभिन्न किसिमका कागजात तथा फाइल अपलोड गरेर काम गराउने…
अमेरिकी एआई नक्कल गर्दै चिनियाँ कम्पनी ? डीपसिकसहित ६ कम्पनीमाथि आरोप
काठमाडौं । अमेरिका र चीनबीच कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा बढ्दो प्रतिस्पर्धासँगै एकअर्काका प्रविधि नक्कल गरे…
फिनल्यान्डमा गुगलले किन्यो २२ वर्षका लागि आणविक बिजुली, लगानी १३ अर्ब युरो
काठमाडौं । गुगलले फिनल्यान्डको एउटा आणविक ऊर्जा केन्द्रबाट उत्पादित विद्युत्को आधासम्म खरिद गर्ने भएको छ । अमेरि…
ईयूमा गुगल सर्चको पुरानो शैली हट्दै, आउँदैछ नयाँ व्यवस्था
काठमाडौं । गुगलले युरोपेली संघ (ईयू) मा आफ्नो सर्च सेवाको नतिजा देखाउने तरिकामा ठूलो परिवर्तन गर्ने भएको छ…
मेटाले ल्यायो ‘म्युज’, अब एआईले आफैँ गर्नेछ डिजिटल काम
काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटाले १८ वर्षभन्दा माथिका प्रयोगकर्तालाई लक्षित गर्दै ‘म्युज’ नाम…
एन्ड्रोइड प्रयोगकर्ताका लागि ग्रोक बोट सार्वजनिक, यस्ता छन् सुविधा
काठमाडौं । एआई एजेन्ट ग्रोक बोट (Grok Bot) अब एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ । यसअघि यो macOS…
अब जनावरको भाषा बुझ्दैछ एआई ! खोज्दैछ उनीहरूको आवाजभित्र लुकेको रहस्य
काठमाडौं । जनावरहरू आपसमा कसरी कुरा गर्छन् र उनीहरूले निकाल्ने विभिन्न आवाजको अर्थ के हुन्छ भन्ने प्रश्नले मानि…
ह्वाट्सएपले ल्याउँदै गेस्ट कल फिचर, अकाउन्ट नभएका युजर्सले पनि कल जोइन गर्न पाउने
काठमाडौं । ह्वाट्सएपले नयाँ ‘गेस्ट कल’ फिचरमा काम गरिरहेको छ । यो फिचर उपलब्ध भएपछि ह्वाट्सएप अक…
गुगलले ल्यायो एआईमा आधारित नयाँ मौसम पूर्वानुमान प्रणाली
काठमाडौं । गुगलले मौसमको पूर्वानुमानलाई अझ छिटो र सटीक बनाउने उद्देश्यले नयाँ एआई मोडल सार्वजनिक गरेको छ ।…
६ अंकको पिन हटाउँदै ह्वाट्सएप, यस्तो हुनेछ नयाँ सुरक्षा प्रणाली
काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्ताको अकाउन्ट सुरक्षालाई थप मजबुत बनाउन टु-स्टेप भेरिफिकेसन प्रणालीमा परिवर्तन ग…
ह्वाट्सएपले ल्याउँदैछ एआई एजेन्ट सपोर्ट, पाँच एजेन्टसम्म जोड्न सकिने
काठमाडौं । ह्वाट्सएपले तेस्रो पक्षका एआई एजेन्ट तथा बोटसँग च्याट गर्न मिल्ने नयाँ सुविधा परीक्षण गरिरहेको छ । य…
जेमिनी स्पार्कसँग जोडियो गुगल फोटोज, अब एआईले गर्नेछ फोटो व्यवस्थापन
काठमाडौं । गुगलले आफ्नो एआई सेवा जेमिनी स्पार्कलाई गुगल फोटोजसँग जोड्दै फोटो व्यवस्थापनका लागि नयाँ सुविधा स…
एन्थ्रोपिकले क्लाउड कम्प्युटिङका लागि ल्याम्ब्डासँग गर्यो ३५ अर्ब डलरको सम्झौता
काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकले आफ्नो बढ्दो कम्प्युटिङ आवश्यकतालाई पूरा गर्न अमेरिकास्थित …
मौसमको अवस्था अब अझ सूक्ष्म रूपमा थाहा पाइने, गुगलले ल्यायो नयाँ एआई
काठमाडौं । मौसम कहिले र कति छिटो परिवर्तन हुन्छ भन्ने पूर्वानुमान गर्नु सधैँ सहज हुँदैन । केही किलोमिटरको द…
टिकटकले थप्यो नयाँ भ्वाइस कमेन्ट र पोल फिचर
काठमाडौं । टिकटकले प्रयोगकर्ताको अनुभवलाई थप सहज र अन्तरक्रियात्मक बनाउने उद्देश्यले केही नयाँ फिचर सार्वजनिक …