नयाँ प्रविधि
जीपीटी ५.६ सोलमा ओपनएआईको ‘अल्ट्राफास्ट’ मोड, १४ गुणासम्म बढ्यो गति
काठमाडौं । ओपनएआईले आफ्नो शक्तिशाली एआई मोडल जीपीटी ५.६ सोलका लागि ‘अल्ट्राफास्ट’ नामक नयाँ मोड सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो मोडमार्फत जीपीटी ५.६ सोल सामान्य प्रक्रियाको तुलनामा १४ गुणासम्म छिटो सञ्चालन हुन सक्छ ।
ओपनएआईका अनुसार अल्ट्राफास्ट मोडले प्रति सेकेन्ड ७५० आउटपुट टोकनसम्म उत्पादन गर्न सक्छ । कम्पनीले यसलाई शक्तिशाली एआई मोडललाई रियल टाइम गतिमा सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगतिको रूपमा प्रस्तुत गरेको छ ।
यसअघि रियल टाइम गतिमा एआई सञ्चालन गर्न प्राय: साना वा विशेष प्रयोजनका मोडल प्रयोग गर्नुपर्ने अवस्था रहेको ओपनएआईको भनाइ छ । तर, अल्ट्राफास्ट मोडले शक्तिशाली मोडलबाटै उच्च गतिमा काम लिन सकिने कम्पनीले जनाएको छ ।
ओपनएआईका अनुसार जीपीटी ५.६ सोलको अल्ट्राफास्ट मोडलाई ग्राहक सेवा तथा सपोर्ट, साइबर सुरक्षा तथा प्राविधिक समस्या समाधान, वित्तीय बजार विश्लेषण र ई-कमर्सलगायत विभिन्न व्यावसायिक क्षेत्रमा प्रयोग गर्न सकिन्छ ।
हाल अल्ट्राफास्ट मोड परीक्षणका रूपमा सीमित ग्राहकका लागि मात्र उपलब्ध गराइएको छ । यो सुविधा चिप निर्माता कम्पनी सेरेब्राससँगको साझेदारीमा सञ्चालन भइरहेको ओपनएआईले जनाएको छ । कम्पनीका अनुसार यसको क्षमता र पूर्वाधार विस्तार हुँदै गएसँगै अल्ट्राफास्ट मोडको पहुँच थप ग्राहकसम्म विस्तार गरिनेछ ।
नयाँ प्रविधि
एन्थ्रोपिकको नयाँ कदम : एआईबाट सिर्जित टेक्स्टमा वाटरमार्क अनिवार्य
काठमाडौं । एआई कम्पनी एन्थ्रोपिकले आफ्नो कृत्रिम बुद्धिमत्ता मोडेल क्लाउडलगायतबाट सिर्जना हुने टेक्स्ट र फाइलमा व…
एआईको बजार कब्जा गर्ने होडमा एप्पल, किन्यो ३२ स्टार्टअप
काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकाससँगै विश्वका ठूला प्रविधि कम्पनीबीच आफ्नो प्रभुत्व स्थापित गर्…
युट्युब क्रिएटरका लागि नयाँ नियम : मोनिटाइजेसनका लागि वाच आवर दोब्बर
काठमाडौं । युट्युबले नयाँ क्रिएटरका लागि मोनिटाइजेसनमा प्रवेश गर्न आवश्यक मापदण्ड थप कडा बनाउने भएको छ । नया…
एन्ड्रोइडबाट गुगल असिस्टेन्ट हटाउँदै गुगल, जेमिनाई बन्दैछ नयाँ सहायक
काठमाडौं । एन्ड्रोइड फोनमा प्रयोगकर्ताको आवाज सुनेर विभिन्न काम गरिदिने गुगलको पुरानो डिजिटल सहायक अब बिस्तारै विस्थापित हुने भएको छ । ग…
चीनमा एआई दौड तीव्र, एप्पलले म्याकमा भित्र्यायो अलिबाबाको क्वेन
काठमाडौं । चीनको एआई बजारमा स्थानीय प्रविधि कम्पनीहरूको दबदबा बढ्दै गएपछि एप्पलले आफ्नो म्याक कम्प्युटरमा चिनिय…
एआई एजेन्टले आफैं वेब चलाउने, क्लाउडफ्लेयरले ल्यायो ‘काइटसर्फ’
काठमाडौं । वेब ब्राउजर अब मानिसले वेबसाइट चलाउन प्रयोग गर्ने उपकरणमा मात्र सीमित नरहने भएको छ । एआई एजेन्टल…
ओपनएआईको नयाँ हार्डवेयर आउँदै, २०२७ मा एआई स्मार्ट स्पिकर लन्च हुने
काठमाडौं । च्याटजीपीटीमार्फत एआई क्षेत्रमा प्रभाव जमाएको ओपनएआई अब आफ्नै हार्डवेयर उत्पादनतर्फ अघि बढ्ने तयारीमा…
क्रिएटरका लागि एक्सको नयाँ योजना, मौलिक कन्टेन्टलाई मात्रै रिवार्ड
काठमाडौं । एलन मस्कको सामाजिक सञ्जाल ‘एक्स’ले क्रिएटरलाई दिँदै आएको विज्ञापन आम्दानी बाँडफाँट प्र…
एआईमा निर्भर बन्दै भिसा, २६ सय कर्मचारी कटौती गर्ने घोषणा
काठमाडौं । विश्वव्यापी भुक्तानी सेवा प्रदायक कम्पनी भिसाले करिब २ हजार ६ सय कर्मचारी कटौती गर्ने घोषणा गरेको …
गुगल म्याप्समा परिवर्तन, अब बाटो देखाउने मात्र होइन खाना अर्डरदेखि होटल बुकिङसम्म
काठमाडौं । अहिलेसम्म अपरिचित ठाउँमा पुग्न बाटो खोज्न सबैभन्दा बढी प्रयोग हुने गुगल म्याप्स अब केवल ‘कहा…
ओपनएआईको नयाँ अपडेट : फ्री प्रयोगकर्ताले पनि अब अनलिमिटेड टेक्स्ट च्याट गर्न पाउने
काठमाडौं । ओपनएआईले च्याटजीपीटीका सबै प्रयोगकर्ताका लागि टेक्स्ट च्याटको सीमा हटाउने घोषणा गरेको छ । कम्पनीले…
टिकटकको मातृ कम्पनीले भन्यो- 'प्रतिस्पर्धी एआईबाट मोडल सुधार नगर्नू'
काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच टिकटकको मातृ कम्पनी बाइटडान्सले आफ्ना अनुसन्धा…
ओपनएआई र एन्थ्रोपिकपछि मेटाले पनि स्वीकार्यो एआई ह्याकिङ घटना
काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीको सुरक्षा परीक्षणका क्रममा अनपेक्षित व्यवहार देखिएको घटनामा मेटा प…
व्हाट्सएपले ल्यायो स्मार्ट ग्रुप च्याट फिचर, अब पोलमा समयसीमा पनि राख्न मिल्ने
काठमाडौं । व्हाट्सएपले ग्रुप च्याटलाई थप व्यवस्थित, प्रभावकारी र प्रयोगमैत्री बनाउन नयाँ अपडेट सार्वजनिक गरेको छ…
विन्डोज ११ मा नयाँ अपडेट : अब आफ्नै रोजाइअनुसार राइट-क्लिक मेनु मिलाउन सकिने
काठमाडौं । माइक्रोसफ्टले विन्डोज ११ को राइट-क्लिक मेनुलाई अझ छिटो, व्यवस्थित र प्रयोगकर्तामैत्री बनाउने तयारी ग…